कोभिड १९ महामारीको विषम परिस्थितिमा सहकारी संघ संस्थाको साधारण सभा सन्चालनका लागि सहकारी विभागबाट मिति २०७७ आश्विन १ गते जारी सूचना अनुसार यस संस्थाको १३ औं वार्षिक साधारण सभा संस्थाको कोटेश्वरस्थित आफ्नै भवनमा २०७७ आश्विन २४ गते शुरु भई ३० गते सम्पन्न भएको छ ।
साधारण सभाले संचालक समितिको वार्षिक प्रगति प्रतिवेदन सर्वसम्मत पारित, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन पारित, आ.ब २०७६,७७ को लेखा परिक्षण प्रतिवेदन अनुमोदन, विभिन्न नीति तथा कार्यविधिहरु स्वीकृत, आगामी आर्थिक वर्षका लागि लेखा परिक्षक नियुक्त र पारिश्रमिक निर्धारण, कोभिड महामारीको संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले गरेको वन्दावन्दीका समयमा ऋणी सदस्यहरुले संस्थामा वुझाउनुपर्ने व्याज रकम ६ लाख ८५ हजार ७६२ छुट, सदस्यहरुलाई शेयर रकमको १५ प्रतिशत लाभांस वितरण, कर्मचारीहरुलाई वोनस रकम वितरण र संरक्षित पूजी फिर्ता कोषको रकमबाट सदस्यहरुले संस्थासंग गरेको कारोवारका आधारमा लाभांस प्रदान गर्र्ने निर्णयका साथै संस्थाको रिक्त लेखा सुपरिवेक्षण समितिको संयोजकमा श्री प्रकाश रेग्मीलाई निर्विरोध निर्वाचित गर्दै सफलतापूर्वक सम्पन्न, यस विषम परिस्थितिमा साधारण सभा सम्पन्न गर्नका लागि सहयोग पुरयाउने सम्पूर्ण सदस्यज्यूहरु, निर्वाचन उपसमिति लगायत सवैप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौंं ।